दार्चुलामा महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्ड अवरुद्ध

धनगढी खबर    

दार्चुलामा महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्ड अवरुद्ध
फाईल तस्विर

दार्चुला । दार्चुलामा महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर खलंगा सडकखण्ड अवरुद्ध भएको छ। मंगलबार महाकाली नगरपालिका–९ बेतस्थित चुनेभिरमा महाकाली नदीले ३० मिटरजति भासिएपछि  सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

दार्चुला सदरमुकाम खलंगासँग तराई तथा संघीय राजधानी काठमाडौंसँग जोड्ने सो सडक अवरुद्ध हुँदा बस, ट्रक लगायतका ठूला सवारी साधानहरु ठप्प अवस्थामा छन्। सवारी साधन ठप्प हुँदा आवश्यक कामका लागि आवतजावत गर्ने यात्रु समस्यामा परेका छन्।

अवरुद्ध रहेको सडकलाई अहिले खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक मनोहर भट्टले जानकारी दिए।

कतिपय यात्रु सडक भासिएको ठाउँबाट पैदल हिँडेर वारपार गरिरहेको उनले बताए। उनका अनुसार अवरुद्ध सडक सुचारु गर्न अझै केही समय लाग्नेछ। 



मङ्गलबार ०८, भदौ २०७८ ०२:३१ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस