विश्वकप २०२०: अर्जेन्टिनाको ३० सदस्यीय टोली घोषणा

विश्वकप २०२०: अर्जेन्टिनाको ३० सदस्यीय टोली घोषणा

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको जारी छनोट खेल खेल्ने अर्जेन्टिनी टोली घोषणा भएको छ । दक्षिण अमेरिकी पावर हाउस अर्जेन्टिनाले ३ खेलका लागि टोली घोषणा गरेको हो ।

अर्जेन्टिनी राष्ट्रिय टिमका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले ३० सदस्यीय टोली घोषणा गरेका हुन् । विश्वकप छनोटमा दक्षिण अमेरिकी महादेशका १० देशले प्रतिस्पर्धा गरिरहेका छन् । सबै टिम एकै समूहमा छन् । 

अर्जेन्टिनाले अर्को साताबाट तेस्रो चणमा ३ खेल खेल्ने छ । उसले यसअघि २ चरणमा गरेर ६ खेल खेलिसकेको छ । 

विश्वकप छनोटमा अर्जेन्टिना १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । ६ खेल सकिँदा अर्जेन्टिनाले ३ खेलमा जित निकालेको छ भने ३ खेल बराबरी खेलेको छ । 

शीर्ष स्थानको ब्राजिलको १८ अंक छ । ब्राजिलले हालसम्म खेलेका ६ वटै खेल जितेको छ । छनोटमा शीर्ष स्थानको ब्राजिल र दोस्रो स्थानको अर्जेन्टिनाबीच रोमाञ्चक भिडन्त हुने भएको छ ।