डडेल्धुराको पोखरा-बेलापुर सडक अवरुद्ध, स्थानीयको दैनिकी कष्टकर

डडेल्धुराको पोखरा-बेलापुर सडक अवरुद्ध, स्थानीयको दैनिकी कष्टकर

डडेलधुरा । लगातारको वर्षाले डडेलधुराको पोखरा–बेलापुर सडक खण्ड अवरुद्ध भएको छ । विगत एक सातादेखि पोखरा–बेलापुर अवरुद्ध हुँदा स्थानीयको दैनिकी भने कष्टकर बनेको छ ।

पोखरा–बेलापुर सडक खण्डको जिरो प्वाइन्टदेखि दर्जनौँ पहिरो गएको तर अहिले सम्म खोल्न नसकिएको स्थानीयवासी वीरबहादुर जानकारी दिनुभयो ।  नवदुर्गा गाउँपालिका–१ असुर्पासम्म ५र६ ओटा ठूलो पहिरो छन् ।

जसले गर्दा यातायातका साधन ठप्प भएका छन् । सडक अवरुद्ध हुँदा तरकारी तथा दूध विक्री वितरणका साथै हिँडडुल गर्नसमेत स्थानीयलाई समस्या भएको उहाँको भनाई छ ।  

तर, नवदुर्गा–१ का वडाध्यक्ष भीम बोहराले सडक खुलाउनका लागि ठेकेदारलाई आग्रह गरिएको बताए पनि अहिले सम्म सडक खुल्ने कुनै सुरसार देखिएको छैन ।