काठमाण्डौ उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हट्यो

काठमाण्डौ उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हट्यो

काठमाण्डौ उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटेको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटाउँदै उपत्यकाकाको निषेधाज्ञा भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

काठमाण्डौमा निजी तथा सार्वजनिक गाडीलाई तोकिएको स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।  

अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत् राखिएको छ ।