धान खेतमा कैलालीका एकजना पुरुष मृत फेला

धान खेतमा कैलालीका एकजना पुरुष मृत फेला

धनगढी । कैलालीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर २ धबैमा ७२ वर्षीय कर्णबहादुर खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले घरको ५० मिटर टाढा रहेको धान खेतमा खत्री मृत अवस्थामा फेला परेको जानकारी दिए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक उमेश चन्दको टोली खटिएको उनले बताए । मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।