कैलालीमा पैदल यात्रीको मृत्युपछि अबरुद्ध भएको पुर्व-पश्चिम राजमार्ग सुचारु

कैलालीमा पैदल यात्रीको मृत्युपछि अबरुद्ध भएको पुर्व-पश्चिम राजमार्ग सुचारु

धनगढी । पैदल यात्रीको मृत्युपछि अबरुद्ध भएको कैलालीको पुर्व-पश्चिम राजमार्ग सञ्चालनमा आएको छ । पुर्वबाट पश्चिमतर्फ आईरहेको उदयपुर हर्जेनी गाँउपालिका ३ बस्ने ३८ बर्षका टेकराज खत्रीले चलाएको ग १ ख ६४४१ नम्बरको ट्रकले गौरिगंगा नगरपालिका ४ का ४० बर्षका मानसिहँ गुर्धामीलाई ठक्कर दिदाँ उनको घटना स्थलमै ज्यान गएको हो ।

गुर्धामीको मृत्युपछि आफन्तले ट्रक चालकलाई आवश्यक कारबाही गर्नुपर्ने र मृतकका परिवारले उचित क्षतिपुर्ती पाउनुपर्ने भन्दै राजमार्ग अबरुद्ध गरेका थिए ।

मृतकको परिवारलाई उचित क्षतिपूर्तिको सुनिश्चितता गरेर मात्र पोस्टमार्टम गर्ने सहमतिमा राजमार्ग सुचारु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरिक्षक गणेशराज उप्रेतीले जानकारी दिए । बिहान ११ बजेदेखि अबरुद्ध भएको राजमार्ग मंगलबार दिउँसो ३ बजेदेखि सुचारुमा आएको हो ।