बैतडीमा मोटरसाइकलमा लिफ्ट मागेकी युवती लडेर घाइते, युवक पक्राउ

बैतडीमा मोटरसाइकलमा लिफ्ट मागेकी युवती लडेर घाइते, युवक पक्राउ

बैतडी । बैतडीमा मोटरसाइकलमा लिफ्ट मागेकी युवती लडेर घाइते भएकी छन् । सोमबार खोड्पे बजारबाट घर फर्किने क्रममा सुपप्र ०४००१ प०५०१ नम्बरको मोटरसाइकलमा लिफ्ट मागेकी पाटन नगरपालिका(९ किचारकी १७ वर्षीया गोदावरी भट्ट लडेर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले भट्टकै वडाका चालक हरिश महरासँग मोटरसाइकलमा लिफ्ट मागेकी भट्ट लडेर घाइते भएको बताए ।

भट्टको शरीरमा चोट रहेको बताउँदै प्रहरी निरीक्षक ओझाले डडेल्धुरामा सामान्य उपचारपछि धनगढी रेफर गरिएको जानकारी दिए ।

मोटरसाइकल र चालक महरालाई इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रणमा लिएको छ । भट्टको धनगढीको माया मेट्रो अस्पतालमा आइसीयूमा उपचार भइरहेको छ ।