नेपाली सेनाले धनगढीका सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने, कारण यस्तो ?

नेपाली सेनाले धनगढीका सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने, कारण यस्तो ?

नेपाली सेनाले विभिन्न जिल्लाका विभिन्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ ।

सेनाका मेकानाइज्ड युनिटबाट बख्तरबन्द गाडीहरूमा सकल दर्जाको क्षमता अभिवृद्धि गर्न र गाडीको चुस्त अवस्था कायम राख्नका लागि स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा सडकमा अभ्यास गर्न लागिएको सेनाले जनाएको छ ।

काठमाण्डौको सीतापाइलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा तैनाथ गणले विभिन्न मितिमा अभ्यास गर्नेछन् ।

सडकमा नेपाली सेनाकाे बख्तरबन्द गाडी निस्किएको देखेमा त्यसलाई अन्यथा नलिइकन अभ्यासका रूपमा बुझ्न पनि सेनाले आग्रह गरेको छ ।