भारतमा थपिए ५१ हजार संक्रमित, ७३७ संक्रमितको मृत्यु

भारतमा थपिए ५१ हजार संक्रमित, ७३७ संक्रमितको मृत्यु

भारतमा थप ५१ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २५ लाख ११ हजार ३७० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख २८ हजार ९५६ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ७३७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार ७८८ पुगेको छ ।