राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट थप ३ खेलाडी बाहिरिए

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट थप ३ खेलाडी बाहिरिए

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट थप ३ खेलाडी बिदा भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट ३ खेलाडी बाहिरिएको जनाएको हो ।

टिमबाट बाहिरिने अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी रहेका छन् । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले पोखरामा तयारी गरिरहेको छ ।

अब बन्द प्रशिक्षणमा २५ खेलाडी मात्र छनोटमा रहेको एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।