आफुलाई पत्रकार बताउदै ठगी गरेको आरोपमा दुई जना पक्राउ

आफुलाई पत्रकार बताउदै ठगी गरेको आरोपमा दुई जना पक्राउ

आफूलाई पत्रकार बताउँदै ठगी गरेको आरोपमा प्रहरीले सुर्खेतबाट दुई जनालाई पक्राउ गरेको छ । धर्मेन्द्रबहादुर शाही र राजेन्द्र विकलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार आफ्नो कम्पनीमा शेयर खुलेको भनेर केही व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । दुवै जनाले अनलाइन न्युज पोर्टल ‘सुर्खेत न्युज २४ डटकम’को पत्रकार भनेर परिचय दिएका छन् ।

शाही उक्त अनलाइनको प्रकाशक र विक उपाध्यक्ष रहेको प्रहरीले जनाएको छ । ‘उनीहरुले आफ्नो कम्पनीमा शेयर खुलेको भन्दै ठगी गरेको पाइएको छ,’ डीएसपी घर्तीले भने, ‘पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।’