एकीकृत समाजवादी पार्टी र महत्थ ठाकुर नेतृत्वका नेताहरूलाई सनाखतको लागि आयोगले बोलायो

एकीकृत समाजवादी पार्टी र महत्थ ठाकुर नेतृत्वका नेताहरूलाई सनाखतको लागि आयोगले बोलायो

नयाँ दल दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र महत्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु सनाखतका लागि आज निर्वाचन आयोग जाँदैछन् ।

आयोगले आज विहान ११ बजेदेखि २ बजेसम्म नेताहरुले आयोगको केन्द्रीय कार्यालयमा आएर सनाखत गराउने समयसीमा निर्धारण गरेको छ ।
दल दर्ताका लागि आवेदन दिएको समयमा हस्ताक्षर गरेका नेताहरुको मात्र सनाखत हुने भएकाले नेकपा एमाले परित्याग गरेका तर नयाँ दल दर्ताका लागि हस्ताक्षर नगरेका एकीकृत समाजवादीका झलनाथ खनालसहित ७ जना नेताको सनाखत नहुने निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।


यसो हुँदा नेकपा एमालेको २ सय ३ सदस्यीय केन्द्रीय समितिमध्ये छुट्टिएका ५९ जना सदस्यको हस्ताक्षर हुनेछ ।
यो भनेको सरकारले हालै जारी गरेको अध्यादेशअनुसार पर्याप्त संख्या हो । सरकारले दल विभाजन सहजताका लागि केन्द्रीय समितिको २० प्रतिशतले नयाँ दल दर्ता गर्न पाउने अध्यादेश जारी गरेको थियो ।