प्रदीप नेपाल पनि नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा

धनगढी खबर    

प्रदीप नेपाल पनि नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा

माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सनाखतका लागि प्रदिप नेपाल पनि निर्वाचन आयोग पुग्नुभएको छ ।

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले पार्टी सनाखतका लागि नेपाल पनि निर्वाचन आयोग आउनुभएको जानकारी दिनुभयो ।

नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा माधवकुमार नेपालले नेपालको नाम केन्द्रीय सदस्यमा राख्नुभएको थियो । तर, प्रदिप नेपालले आफ्नो नाम केन्द्रीय सदस्यमा राखेको भन्दै आफू तटस्थ भएको बताउनुभएको थियो ।

यद्यपी प्रदिप नेपालले आफू माधवकुमार नेपालको पक्षमा रहेको बताउनुहुँदै बुधबार पार्टी सनाखतका लागि आयोगमा आउनुभएको सांसद चौधरीले जानकारी दिनुभयो । सनाखतका लागि नेपाल समूह चन्द्रागिरीबाट सिधैं आयोगमा पुगेका थिए ।



बुधबार ०९, भदौ २०७८ १२:२४ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस