यात्रु बस दुर्घटना : १८ जना घाइते, दुई बेपत्ता

यात्रु बस दुर्घटना : १८ जना घाइते, दुई बेपत्ता

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ ठोकर्पाबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा परि १८ जना घाइते भएका छन् भने दुई जना हराईरहेका छन् ।

ठोकर्पाबाट काठमाडाैँकालागि छुटेको बस बिहान ११:३० बजे सुनकोशी गाउँपालिका ३ थापागाँउमा सडकबाट बिस मिटर तल बस झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको बसमा २० जना यात्रु रहेको १५ जना घाइतेको उपचारका लागि धुलिखेल र तीन जनाको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा  उपचार भइ रहेकाे र र दुई जनाकाे गाडीले च्यापिएको हुनसक्ने बस्नेतले जानकारी दिनुभयो ।