नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकियो, ५५ केन्द्रीय सदस्य र ३० सांसदको हस्ताक्षर

नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकियो, ५५ केन्द्रीय सदस्य र ३० सांसदको हस्ताक्षर

माधव नेपाल नेतृत्वको नेकपा -एकीकृत समाजवादी_ को दल दर्ताको सनाखत सकिएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा -एकीकृत समाजवादी_ दर्ताका लागि निवेदन दिएका थिए ।  सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

सोही क्रममा नेकपा एसका ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । पछि थपिएका ४ सांसदबारे कुरा नमिलेपछि प्रमुख निर्वाचन आयुक्त, आयुक्त र अध्यक्ष नेपाल, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीबीच छलफल जारी रहेको छ ।