पत्रकारहरू माथि गरिएको दुर्व्यवहार प्रति नेपाल फोटो पत्रकार महासंघको निन्दा

पत्रकारहरू माथि गरिएको दुर्व्यवहार प्रति नेपाल फोटो पत्रकार महासंघको निन्दा

धनगढी।  समाचारको विषयलाई लिएर अर्थ सरोकारको सुदूरपश्चिम ब्युरो प्रमुख सुदर्शन श्रेष्ठ, क्यामेरा पर्सन हरी तिवारी तथा फूलवारी खबरका सम्बाददाता झलक दवाडीलाई ज्यान मार्ने धम्की आएको छ । फूलबारी सब डिभिजन बन मातहतको सिद्धार्थ सामुदायिक बनका अध्यक्ष कृष्ण गिरीले यस्तो धम्की दिएका हुन् ।

सामुदायिक बनको गोलिया नियम बिपरित अध्यक्षले लगेको भन्ने समाचारका विषयमा मिडियामा लेखेको भन्दै अध्यक्ष गिरिले पत्रकारलाई धम्की दिएका हुन् । फोन गर्दै अध्यक्ष गिरीले आफु भएको ठाउँमा बोलाउँदै पत्रकारलाई अपशब्द प्रयोग गरेका छन् । तत्काल आफुले भनेको ठाउँमा उपस्थित नभए आफ्ना केटाहरु परिचालन गरि हातखुट्टा समेत भाँचीदिने धम्की दिएका हुन् ।