बाढी प्रभावित २० हजार जनालाई  कोरोनाविरुद्धको खोप आजदेखि

धनगढी खबर    

बाढी प्रभावित २० हजार जनालाई  कोरोनाविरुद्धको खोप आजदेखि
फाइल तस्विर

मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजार जनालाई  कोरोनाविरुद्धको खोप आजदेखि उपलब्ध गराइने भएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा खोप पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।

सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागाईंले बताए ।

बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने एस्ट्रोजेनिका सुई लगाउन लगिएको हो । खोप नपुगेमा सम्पर्क गर्न पालिकालाई आग्रह गरिएको छ ।



बिहिबार १०, भदौ २०७८ ०७:४८ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस