जर्मनीमा पिज्जा डेलिभरी गरिरहेका छन् अफगानी मन्त्री

एजेन्सी    

जर्मनीमा पिज्जा डेलिभरी गरिरहेका छन् अफगानी मन्त्री

अफगानिस्तानका पूर्व सूचना मन्त्री सैयद अहमद शाह सआदत जर्मनीमा पिज्जा बेचिरहेका छन् । पिज्जा कम्पनीको लुगा लगाएकमा उनी जर्मन शहर लिपजिगमा साइकलमा यात्रा गर्दै पिज्जा डेलिभरी गरिरहेका छन् । उनले सूचना मन्त्रीको रुपमा आफ्नो कार्यकालमा अफगानिस्तानमा सेल फोन नेटवर्कलाई बिस्तार गरेका थिए । पछि उनी अफगानिस्तान छोडेर जर्मनी आएका थिए । 

अलजजीरालाई उद्धृत गर्दै सआदतले दिएको जानकारी अनुसार उनले अघिल्लो वर्ष मात्रै सूचनामन्त्रीको पदबाट राजीनामा दिएका थिए । उनका र राष्ट्रपति अशरफ गनीबीच थुप्रै विषयमा मतभेद थिए । राजीनामा दिएर उनी केही समय देशमा नै बसे र डिसेम्बरमा जर्मनी गए ।

सुरुमा सबैकुरा राम्रै रह्यो तर पैसाको कमी हुन थालेपछि उनले पिज्जा डेलिभरी बोय बन्ने निश्चित गरे । डेलिभरीको काम गर्नमा आफूलाई कुनै किसिमको लज्जा र संकोच नभएको बताएका छन् । 



बिहिबार १०, भदौ २०७८ ०८:५५ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस