प्रयोग गरिसकेका भित्री वस्त्र, जिन्स बेच्छिन् यी राजकुमारी, खरिद गर्न मानिसबीच होडबाजी

प्रयोग गरिसकेका भित्री वस्त्र, जिन्स बेच्छिन् यी राजकुमारी, खरिद गर्न मानिसबीच होडबाजी

बेलायतकी राजकुमारी लेडी एमेलिया विन्डसर आफूले लगाएको भित्री वस्त्र र जिन्स बेच्ने गर्छिन् । राजकुमारीको कपडा खरिद गर्न मानिसबीच होडबाजी चल्ने गर्छ । एमेलिया राजगद्दीको दाबेदारमा ४२ औं स्थानमा आउँछिन् ।

आखिर यस्तो धनाढ्य परिवारकी राजकुमारीले आफ्नो कपडा किन बेच्छिन् भनेर मानिसहरु अचम्मित हुने गर्छन् । राजकुमारी लेडी एमेलिया विन्डसर २६ वर्ष पुगिसकेकी छिन् । उनी आफ्नो जन्मदिन मनाउने तयारीमा छिन् जसका कारण उनी चर्चामा आएकी छिन् ।

२६ वर्षकी एमेलिया राजकुमार ह्यारी र चार्ल्सकी कजन हुन् र उनी धेरैजसो आफ्नो सुन्दरताका कारण चर्चामा आउँछिन् । उनको इन्स्टाग्राम नियाल्दा स्पष्ट हुन्छ कि उनी निकै ग्ल्यामरस जीवन बाँच्छिन् ।

वेबसाइट द मिररको रिपोर्ट अनुसार राजकुमारी एमेलियाको सुरुवाती शिक्षा एस्कटको सेन्ट मेरी स्कूलबाट भयो, त्यसपछि उनले एडिनबर्ग विश्वविद्यालयमा भर्ना लिइन् । यद्यपि, सन् २०१६ मा राजकुमारीले चर्चित म्यागजिन टेटलरको कभरमा कब्जा जमाएपछि उनले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भइन् ।

राजकुमारी एमेलियाले पुरानो कपडा सेलमा राख्नुको पछाडिको उद्देश्य छुट्टै छ । वास्तवमा उनी धेरैजसो डिजाइनर कपडा लगाउँछिन् तर राजपरिवारका भएका कारण उनले आफ्नो पहिरनको विषयमा विशेष ध्यान राख्नुपर्छ । 

राजपरिवारको शानलाई ध्यानमा राख्दै उनी कपडा दोहोराएर लगाउँदिनन् जसका कारण उनीसँग कपडाको चाङ हुन्छ । यसै चाङलाई पन्छाउन उनी आफ्नो कपडा सेलमा राख्छिन् ।

यसै वर्षको सुरुवातमा राजकुमारी एमेलियाले डेपप वेबसाइटमा आफूले लगाएको पुरानो जिन्स र भित्री वस्त्र बेच्ने सुरुवात गरिन् । यद्यपि, उनले बिक्रिबाट आएको रकम उने रिवर गोरिल्ला फाउन्डेशनलाई दिने  पनि बताएकी छिन् ।

राजकुमारीले सन् २०१८ मा त्यतिबेला चर्चा बटुलेकी थिइन् जब उनले आफूले राजकुमार ह्यारीको विवाहमा निमन्त्रण नपाएको बताएकी थिइन् । तर त्यसको अर्को वर्ष उनी लेडी गेब्रिएला विन्डसरको विवाहमा समावेश भइन् जहाँ उनी गुलाबी पोल्का डट ड्रेसमा निकै सुन्दर देखिएकी थिइन् ।