अफगानिस्तानमा रहेका नेपालीको उद्धार जारी, थप ४२ जना ल्याउने तयारी

अफगानिस्तानमा रहेका नेपालीको उद्धार जारी, थप ४२ जना ल्याउने तयारी

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार प्रक्रिया जारी रहेको बताएको छ ।

कन्सुर विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समूहबद्ध रूपमा उद्धारको पर्खाइमा रहेकामध्ये ४२ जना नेपाली नागरिकहरू स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको समेत मन्त्रालयले बताएको छ ।

परराष्ट्रका अनुसार हालसम्म अफगानिस्तानको काबुलबाट हालसम्म ७७० जना नेपालीलाई उद्धार गरी काठमाडौं ल्याइएको छ ।