कञ्चनपुरको बसपार्कबाट लागुऔषध र बससहित २ जना पक्राउ

कञ्चनपुरको बसपार्कबाट लागुऔषध र बससहित २ जना पक्राउ

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरमा लागुऔषध खैरोहिरोइन सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर ५ का ३३ बर्षका सुरेन्द्रराज भट्ट र सोही नगरपालिका ८ मा बस्ने २८ बर्षका प्रकाश औजी रहेका छन्।

प्रहरीले भीमदत्त नगरपालिका वडा नम्बर ६ स्थित विद्युुत कार्यालय सडक किनारमा पार्किङ् गरी राखेको ना.४ ख ८२०५ नम्बरको बस भित्र सिटमा बसि रहेको बेला दुवै जनालाई चेकजाँच गर्दा ५.०८ ग्राम लागुऔषध खैरो हिरोइन, २ थान मोबाईल र ४१ हजार ७० रुपैयाँ नगद फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका २ जना र बसहित नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।