अस्ताए जनगायक जेबी टुहुरे

अस्ताए जनगायक जेबी टुहुरे

जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । उहाँको  ७८ वर्षको उमेरमा बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । 

केही दिनअघि मतिष्कघात भएर उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उहाँलाई कलंकीस्थित घरमा एक्कासि लडेपछि बयोधा अस्पताल लगिएको थियो । उहाँलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो ।

 २० वर्षको उमेरदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय रहनुभएका टुहुरेले सयौँ सङ्ख्यामा जनवादी गीत गाउनुभएको छ । उहाँको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई’ लगायतका गीत चर्चित छन्।।

संविधानसभा सदस्य समेत रहनुभएका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो साढे १ः०० बजेदेखि २ः०० बजेसम्म नेकपा माओवादी (केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा राखिने भएको छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।