दार्चुला तुइन प्रकरण : छानबिन प्रतिवेदन छिटो सार्वजनिक गर्न निर्देशन

दार्चुला तुइन प्रकरण : छानबिन प्रतिवेदन छिटो सार्वजनिक गर्न निर्देशन

राज्य व्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बिहीबार बसेको बैठकले दार्चुला घटनाको सत्यतथ्य छिटो सार्वजनिक गरी दोषीलाई कानुनी कारबाहीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो। समितिले पीडितलाई क्षतिपूर्ति दिन समेत निर्देशन गरेको छ। 

गत साउन १५ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा खसेर दार्चुलाको व्यास गाउँपालिका २ का जयसिंह धामी भारतीय एसएसबीले तुइन खोलि दिएपछि बेपत्ता भएका थिए। उक्त घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।

समितिले संसदीय समितिले व्यास क्षेत्रको स्थानीय बासिन्दाको सुरक्षा तथा आवत जावतका लागि सडक, पुल लगायतका पूर्वाधार यथाशीघ्र निर्माण गर्न पनि सुझाव दिएको छ। दार्चुलादेखि तिंकरसम्मको सडक छिटो निर्माण गरी आवतजावत सहज बनाउन र तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण प्रक्रिया तत्काल शुरु गर्न पनि समितिले निर्देशन दिएको छ।