बझाङका १२ स्थानीयतहको ३३ करोड बढी रकम बेरुजु: सबै भन्दा कम बेरुजु दुर्गाथलीमा

बझाङका १२ स्थानीयतहको ३३ करोड बढी रकम बेरुजु: सबै भन्दा कम बेरुजु दुर्गाथलीमा

बझाङ । बझाङका दुई नगरपालिका र १० गाउँपालिका गरि १२ स्थानीयतहको ३३ करोड बढी रकम बेरुजु रहेको देखिएको छ । महालेखा परिक्षकको कार्यालयलले सार्वजनिक गरेको ५८ औँ बार्षिक प्रतिवेदन अनुसार बझाङका १२ वटा स्थानीय तहको ३३ करोड ३६ लाख ५० हजार रुपैयाँ बेरुजु देखिएको छ ।

सबै भन्दा बढी बेरुजु साईपाल गाउँपालिकामा र सबै भन्दा कम बेरुजु दुर्गाथली गाँउपलिकामा देखिएको छ । महालेखा परिक्षकको बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ३३ करोड ३६ लाख ५० हजार रुपैयाँ बेरुजु देखिएको छ ।

सबै भन्दा बढी बेरुजु देखिएको साईपाल गाँउपलिकामा ३८ करोड ९८ लाख ८ हजार लेखापरिक्षण रकम मध्ये १० दशमलव ३९ प्रतिशत अर्थात ४ करोड ५ लाख १६ हजार बेरुजु देखिएको छ । त्यस्तै सबै भन्दा कम बेरुजु देखिएको दुर्गाथली गाँउपालिकामा ७५ करोड १३ लाख २७ हजार रकमको लेखापरिक्षण भएकोमा ० दशमलव ७४ प्रतिशत अर्थात ५५ लाख ९१ हजार बेरुजु देखिएको छ ।

आर्थिक बर्ष २०७६÷७७ मा दुर्गाथली गाँउपालिकाको बेरुजु ५ करोड २९ लाख ४५ हजार अर्थात ७ दशमलव ७८ प्रतिशत रहेकोमा तत्कालीन प्रमुख प्रसासकिय अधिकृत धर्मराज उपाध्यायले गााउपालिकाको बेरुजु शुन्यमा झार्ने लक्ष्य सहित कार्य सम्पादन गरेका थिए ।

आर्थिक कार्यविधि ऐन २०५५ अनुसार असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेश्की गरी बेरुजु फछ्योट गर्नुपर्ने लगायत वित्तिय अनुसासन अन्र्तगत रहि बेरुजु लाई शुन्यमा कायम गर्ने गरी कार्य सम्पादन गर्दा दुर्गाथली गााउपालिकामा बेरुजु कम आएको हो ।

यो संगै सुदुरपश्चिमका कम बेरुजु हुने स्थानिय तहको तेस्रो र गाँउपालिकाको दोस्रो गाँउपालिका भएको छ । सुदुरपश्चिममा सबै भन्दा कम बेरुजु भएको गााउपालिका डडेल्धुराको अजयमेरु गाँउपालिका रहेको छ । बेरुजु क मगर्न कुसल कार्य सम्पादनमा दुगाथलीले केदारस्युलाई उछिनेको छ ।

अघिल्लो आर्थिक बर्षमा सबै भन्दा कम बेरुजु भएको गाँउपालिका केदारस्युँ हो । बुङगल नगरपालिकामा ५ करोड ९४ लाख ९ हजार, जयपृथ्वी नगरपालिकामा ७ करोड २८ लाख ४१ हजार, विथ्डचिर गाँउपालिकामा ४ करोड ८९ लाख ५५ हजार, थलारा गाँउपालिकामा १ करोड ४४ लाख ७६ हजार, छविसपाथीभेरा गाँउपालिकामा २ करोड ४८ लाख ८ हजार रकम बेरुजु देखिएको हो ।

खप्तडछान्ना गाँउपालिकामा ४ करोड ५ लाख १६ हजार बेरुजु रहेको छ । तल्कोट गाँउपालिकामा १ करोड ९२ लाख ५ हजार बेरुजु आएको छ । सुर्मा गाँउपालिकामा लाख ५९ हजार बेरुजु देखिएको छ । मष्टा गाँउपालिकामा ३ करो८ ४५ लाख ७९ हजार बेरुजु आएको छ । अघिल्लो आर्थिक बर्षमा जिल्लाको सबै भन्दा कम बेरुजु भएको केदारस्युँ गााउपालिकालाई यस बर्षमा दुर्गाथली गाँउपालिकाले उछिनेको छ ।

बेरुजु शुन्यमा झार्ने लक्ष्य लिएको गाँउपालिकाले यस बर्ष पनि बेरुजु रकम घटाएको छ । गत आर्थिक बर्षमा ० दशमलव ९९ प्रतिशत बेरुजु भएको केदारस्युँको १ अर्व ३ करोड ६० लाख ७२ हजारको लेखापरिक्षण भएकोमा ७९ लाख ३१ हजार अर्थात ० दशमलव ७७ प्रतिशत बेरुजु आएको छ ।