धनगढी । कैलालीमा जारी निषेधाज्ञा अर्को आदेश नभए सम्मका लागि निरन्तरता दिईएको छ । जिल्लामा कोरोना संक्रमणदर कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको हो ।
कोरोना संक्रमणदर बढ्दैगईरहेको परिपेक्ष्यमा जीवनयापनलाई समेत क्रमश सहज गर्दै जाने र कोभिड-१९ को संक्रमण समेतलाई नियन्त्रण गरी जनताको जीवन रक्षाका लागि अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागू हुने गरी निरन्तरता दिईएको जारी आदेशमा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो । यस अघि जारी गरेको निषेधाज्ञा आज राती १२ बजे सकिदै छ ।