घरमाथि बाट पहिरो खस्दा कैलालीमा दुई जना घाइते

घरमाथि बाट पहिरो खस्दा कैलालीमा दुई जना घाइते

धनगढी । अविरल बर्षाका कारण कैलालीमा घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ३ बल्चौरका गोपाल चौधरीको घरमाथि गएराति ८ बजेतिरको समयमा पहिरो खसेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

घरभित्र बसिरहेका ७५ वर्षीय गोपाल र उनकी श्रीमती ७२ वर्षीया गौरी चौधरी घाइते भएका छन । भने पहिरोले घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको बताईएको छ ।