छिमेकीको हत्या गरी फरार युवा पक्राउ

छिमेकीको हत्या गरी फरार  युवा पक्राउ

छिमेकीको हत्या गरी फरार हेटौंडा–१६ हटिया भालु खोलाका ४० वर्षीय राजकुमार भनिने ठूलो सार्की मोक्तान बिहीबार पक्राउ परेका छन् । गत साउन ३२ को राति ६४ वर्षीय मानबहादुर चेपाङमाथि बन्चरो प्रहार गरी उनी भागेका थिए ।

लुकीछिपी बस्दै आएका उनलाई घरबाटै पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए । आफ्नी श्रीमतीमाथि चेपाङले अनुचित व्यवहार गरेको भन्दै मोक्तानले उनको हत्या गरेको पाइएको रिमालको भनाइ छ ।