धनगढी–राजघाट जोड्ने पक्की पुलमा आवागमन अवरुद्ध, बाढीले ‘लण्डन ब्रिज’ भत्कियो

धनगढी–राजघाट जोड्ने पक्की पुलमा आवागमन अवरुद्ध, बाढीले ‘लण्डन ब्रिज’ भत्कियो

धनगढी । कैलाली–कञ्चपुरको सीमा भएर बग्ने मोहना नदीले लण्डन ब्रिज र अर्को पक्की पुलसँगको लिंक रोड बगाएको छ। 

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट जोड्ने निर्माणाधीन पक्की पुलसम्म पुग्ने राजघाटतर्फको लिंक भत्काएको छ। 

पुलको निर्माण सम्पन्न नभए पनि माटो भरान गरेर सोही पुल भएर आवागमन हुने गरेको थियो। तर, भरान गरिएको माटो बगाएपछि आवागमनमा रोक लगाइएको छ।

यस्तै, कैलालीको चटकपुर र कञ्चनपुरको राजघाट बस्तीबीच भएर बग्ने मोहना नदीमा स्थानीयले बनाएको ‘लन्डन ब्रिज’ बगाएको हो।