सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ। शसस्त्र प्रहरी बलको मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय अन्तरगतको भर्ना तथा छनौट शाखाले विभिन्न पदमा १ हजार ९५ जनाका लागि नयाँ भर्ना खुला गरेको हो ।
शुक्रबार प्रकाशित विज्ञापनअनुसार इन्स्पेक्टरमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ जना मागिएको छ।
उक्त पदहरूमा सशस्त्र प्रहरी बलका सातै प्रदेशमा रहेका विभिन्न कार्यालयहरूबाट आवेदन दिन सकिनेछ।