काँग्रेसलाई मजबुत बनाउन मेराे उम्मेदवारी : नेता निधि

काँग्रेसलाई मजबुत बनाउन मेराे उम्मेदवारी : नेता निधि

सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको सभापति पदमाका प्रत्यासी विमलेन्द्र निधिले शुक्रबार सम्पर्क कार्यालय स्थापना गर्नु भएकाे छ  । आसन्न चौधौं केन्द्रीय महाधिवेशनसम्मका लागि बानेश्वरमा सम्पर्क कार्यालयको शुभारम्भ गर्नुहुदै उहाँले आफूलाई सल्लाह, सुझाव र प्रतिक्रियाका लागि पनि आग्रह गर्नुभएको छ ।

नेता निधिले आगामी महाधिवेशनमा कसैलाई पराजित गर्न, असक्षम देखाउन वा रिटायर्ड बनाउन नभएर नेपाली काँग्रेसलाई मजबुत बनाउने उद्देश्यले सभापतिमा आफ्नो उम्मेदवारी भएको  स्पष्ट पार्नुभयो ।

हिमाल, पहाड र मधेश लगायत आदिवासी जनजाति, महिला, मधेसी, अल्पसंख्यक, दलित, मुस्लिम लगायत सबैले रुख छाप हाम्रो हो भनेर काँग्रेसको भरोसा जित्न सकोस् भन्ने उद्देश्यका साथ सभापतिका आफ्नो उम्मेदवारी रहेको दाबी गर्नुभएको छ ।

आगामी चौधौ केन्द्रीय महाधिवेशनको नेतृत्वले पार्टीको गुट, उपगुटहरुलाई न्यूनीकरण गर्दै संविधानको अपनत्व लिनसक्ने नेतृत्व चाहिरहेको पनि नेता निधिले प्रष्ट्याउनुभयो ।

यस लगायत काँग्रेसमा आगामी दिनमा युवा नेतृत्वलाई अगाडि ल्याउन आफूले सहजकर्ताको भूमिका खेल्न पनि सभापतिमा आफूले उम्मेदवारी दिएको भनाइ नेता निधिको छ नेपाली काँग्रसको चौधौ केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्ममा सम्पन्न गर्ने कार्यतालिका रहेको छ । भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु हुने प्रक्रिया अगाडि बढेको काँग्रेसले जनाएको छ ।