काबुलमा फेरि आक्रमण हुन सक्ने चेतावनी

काबुलमा फेरि आक्रमण हुन सक्ने चेतावनी

अफगानिस्तानको काबुलमा फेरि आक्रमण हुन सक्ने चेतावनी दिइएको छ । काबुल विमानस्थलमा रकेट आक्रमण र गाडीमा बम राखेर आक्रमण हुन सक्ने खतरा रहेकाले उच्च सतर्कता अपनाइएको अमेरिकी सेनाले जनाएको छ । 

अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको अमेरिकाका एक उच्च सैन्य अधिकारीले बताएका बीबीसीले जनाएको छ । विद्रोही समूह इस्लामिक स्टेटले काबुलमा फेरि आक्रमण गर्न सक्ने सैन्य अधिकारीले बताएका हुन् । 

हिजो काबुल विमानस्थलमा भएको बम आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ९० पुगेको छ । विस्फोटमा १३ अमेरिकी सैनिकको पनि ज्यान गएको छ । यस्तै, १५० जनाभन्दा धेरै घाइते भएका छन् ।