'काँग्रेस र कम्युनिस्टहरू राज्य संस्थाको दोहन गर्दै छन्' : डा. बाबुराम भट्टराई

'काँग्रेस र कम्युनिस्टहरू राज्य संस्थाको दोहन गर्दै छन्' : डा. बाबुराम भट्टराई

धनगढी । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ले काँग्रेस र कम्युनिस्टहरू केही नेताहरूको अधीनमा रही निजी स्वार्थबाट प्रेरित भएर राज्य संस्थाको दोहन गरिरहेको आरोप लगाउनु भएको छ । 

नेता भट्टराईले शुक्रवार धनगढी स्थित ओम प्यालेसमा जसपाको केन्द्रीय समितिद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । 

जसपाको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा बाल्दै भट्टराईले सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद यी ४ कुराहरूलाई कार्यकर्ता तह सम्म बुझाएर अरू पार्टी भन्दा हाम्रो पार्टी फरक छ भनी बुझाउने गरी जनतामाझ जान पार्टी पङ्क्तिलाई निर्देशन दिनुहुँदै काँग्रेस, तथा अन्य कम्युनिस्ट लगायतका पर्टिहरु केही नेताहरूको अधीनमा रही निजिस्वार्थबाट प्रेरित पुँजीवादमा रहेर राज्य संस्थाको दोहन गरिरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले बोकेको नारा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद यी ४ कुराहरू कार्यकर्ता तथा जनता लाई बुझाउन जरुरी छ । अहिलेका पार्टीहरू काँग्रेस तथा अन्य पर्टिहरु निजी स्वार्थबाट प्रेरित भएर स्वार्थ पूर्ति गर्न राज्य संस्थाको दोहन गर्न मै लागि रहेका छन् । हामीले यी कुरा बाट टाढै रहेर विचार र सिद्धान्तमा रही अन्य पार्टी भन्दा हाम्रो पार्टी यस कारण सही छ भनी जनताहरूलाई बुझाउन जरुरी छ ।’

त्यस्तै, नेता भट्टराईले विभिन्न पार्टी पङ्क्ति मिलेर बनेको आफ्नो पार्टीलाई सशक्त बनाउन गिट्टी, बालुवा लगायतका निर्माण सामग्रीहरूको मिश्रण बनाएर घर निर्माण गरे जस्तै नेता कार्यकर्ताहरूले नीति कार्यक्रममा आधारित रही आफूहरूलाई परिचालित गरी पार्टी लाई एक ढिक्का बनाएर वैकल्पिक पार्टीका रूपमा खडा गर्न पार्टी नेतृत्व तह लाइन निर्देशन  दिनुभएको छ ।  

आज जसपाको सात वटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी स्थित ओम प्यालेसमा जसपाले प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो ।  सो कार्यक्रममा जनता समाजवादी पार्टीमा (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, सुदूरपश्चिम प्रदेशका पर्टि नेतृत्व, केन्द्रीय सदस्यहरू लगायत जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।