मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा दुई जना घाइते

धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । धनगढीको मुख्य सडकअन्तरगत लक्ष्मीनारायण चोक नजिक से ६ प ५४९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मोटरसाईकल आफै अनियन्त्रीत भई पल्टिदा मोटरसाइकल चालक दिनेश राना र मोटरसाइकलमा सवार कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय विकाश राना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

घाईते दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।