प्रिमीयर लिगःघरेलु मैदानमा तिन खेल जित्ने रेकर्ड राख्ने लक्ष्यमा लिभरपुल, चेल्सीलाई चुनौती

प्रिमीयर लिगःघरेलु मैदानमा तिन खेल जित्ने रेकर्ड राख्ने लक्ष्यमा लिभरपुल, चेल्सीलाई चुनौती

प्रिमियर लिगमा आज चेल्सीले लिभरपुलको सामना गर्दैछ । चेल्सीले मार्चमा लिभरपुललाई उसैको मैदानमा १-० ले पराजित गरेकोे थियो ।

चेल्सीले एन्फिल्डमा भएको गत १२ लिग र कप प्रतियोगितमध्ये सबै खेलमा गोल गर्न सफल भएको छ । 

घरेलु मैदानमा हुने खेलमा चेल्सीलाई पराजित गर्दै चार सिजनमा लगातार सुरुवाती तिन खेल जित्ने रेकर्ड राख्ने लक्ष्यमा लिभरपुल देखिएको छ ।

यस्तै चेल्सी भने आफ्नो ४ सिजनको सुरुवाती तिन खेलमा एक गोल पनि नखाने दाउमा रहेकोे छ । गत सिजन क्लोपको लिभरपुलले सिजनको ७ खेलमा निरन्तर जित दर्ता गराएको थियोे । चेल्सीका लागि यस सिजन गरिएको पाँच गोल फरकफरक खेलाडीले गरेका छन् ।

ट्युचेलले आफ्नो प्रशिक्षण करियरको १५ खेलमा योर्गन क्लोपको टिमविरुद्ध हार बेहोरेका छन्  । 

चेल्सीका लागि कान्टेले लिभरपुलविरुद्ध सिजनकोे पहिलो खेल खेल्ने सम्भावना रहेको बताइएकोे छ । आज सेसर अज्पिलीक्युटाले प्रिमियर लिगमा आफ्नो ३०० औं खेल खेल्दैछन् । चेल्सी र लिभरपुलबिचको खेल नेपाली समयअनुसार आज राती १०ः१५ बाट लिभरपुलकोे घरेलु मैदान एन्फिल्डमा हुनेछ ।