भदाै १८ गतेदेखि वडा अधिवेशन सुरु हुनेगरी काँग्रेस महाधिवेशनकाे तयारी

भदाै १८ गतेदेखि वडा अधिवेशन सुरु हुनेगरी काँग्रेस महाधिवेशनकाे तयारी

सत्तारुढ दल नेपाली काँग्रेसकाे चाैधाैं केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेभित्रै सम्पन्न गर्नेगरी तयारी अगाडि बढिरहेकाे छ । यसैक्रममा शनिबार बिहान काठमाडौंकाे चाकसीबारीस्थित पूर्व महामन्त्री प्रकाशमान सिंहकाे निजी निवासमा वरिष्ठ नेता रामचन्द्र पाैडेललगायतका शीर्ष नेताहरुबीचमा पुन: छलफल भएकाे छ ।

बिहान भएको छलफलमा वरिष्ठ नेता पाैडेलसहित डा. शेखर काेइराला, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, जगदिश्वर नरसिंह केसी, बलबहादुर केसीलगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे। बैठकमा काँग्रेसले संवैधानिक बाध्यताका कारण पनि ताेकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने नेता प्रकाशमान सिंहले बताउनुभयाे ।

जिल्ला सभापतिहरुकाे धर्नाका विषयमा पनि बताउनुहुँदै सिंहले जिल्लाहरुकाे क्रियाशील सदस्यता सम्बन्धि विवाद एक, दुई दिनभित्रै टुंगिने विश्वास व्यक्त गर्नुभएको छ । हिजाे शुक्रबार सम्ममा ४७, ४८ वटा जिल्लाहरुकाे क्रियाशील सदस्यता सम्बन्धमा विवाद समाधान भएकाे छ, अरु बाँकी जिल्लाहरुकाे पनि एक, दुई दिनमै टुंगो लाग्नेछ, नेता सिंहले बताउनुभयाे ।