मन्त्रिपरिषद् विस्तारबारे देउवा र प्रचण्डबीच सहमति

मन्त्रिपरिषद् विस्तारबारे देउवा र प्रचण्डबीच सहमति

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भेटवार्ता भएको हो । उहाँहरूबिच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेताबिच चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे विस्तृतरुपमा छलफल भएको बताइएको छ ।