मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः कानुन मन्त्री कार्की

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः कानुन मन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा उहाँले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गरिने बताउनुभयो । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउने कुरा भइरहेको जानकारी दिनुभयो ।

उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यकता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यसबारे छलफल हुने जानकारी दिनुभयो । फरक प्रसंङ्गमा मन्त्री कार्कीले एमसीसीे एक विकास परियोजना भएकाले आवश्यक रहेको र दलहरुबीच छलफल गरेर मात्र पारित गरिने बताउनुभयो ।