कैलालीको कान्द्रा नदी किनारमा मानव कंकाल फेला

कैलालीको कान्द्रा नदी किनारमा मानव कंकाल फेला

धनगढी । कैलालीमा मानव कंकाल फेला परेको छ । जिल्लाको भजनी नगरपालिका–७ चरास्थित कान्द्रा नदीको किनारमा उक्त मानव कंकाल फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

नदीको किनार मुस्लिमहरुको ताजिया बिसर्जन गर्ने स्थानदेखि पछाडी उखु बारीमा रातो बुटेदार सुरवाल र रातो कलरको आउटर लगाएको कंकाल सडेको अवस्थामा फेला परेको सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।