सेती प्रादेशिक अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

धनगढी । कञ्चनपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका-८ का ६५ वर्षीय छच्चु रानाको शनिबार राति सेती प्रादेशिक अस्पतलामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

श्वास प्रश्वासमा समस्या भएपछि यही भाद्र ४ गते अस्पताल ल्याइएका उनमा कोरोना भाइरसको संक्रमण पुस्टि भएको थियो ।