भारतमा थपिए ४५ हजार संक्रमित, ४५७ संक्रमितको मृत्यु

एजेन्सी    

भारतमा थपिए ४५ हजार संक्रमित, ४५७ संक्रमितको मृत्यु

भारतमा थप ४५ हजार ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २६ लाख ९४ हजार १८८ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७५ हजार २०० जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४५७ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३७ हजार ८६० पुगेको छ ।



आइतबार १३, भदौ २०७८ ०८:१९ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस