मन्त्रिपरिषद विस्तारबारे बालुवाटारमा शीर्ष नेताबीच छलफल

मन्त्रिपरिषद विस्तारबारे बालुवाटारमा शीर्ष नेताबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच अहिले भेटवार्ता चलिरहेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा  भएको भेटवार्ताको मुख्य अजेण्डा मन्त्रिपरिषद् विस्तार रहेको जनाइएको छ । बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले यस साता मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

यसैअनुसार सरकारमा सहभागी हुने दलहरुसँग मन्त्रीहरुको नाम उनले मागेको बुझिएको छ । सरकारमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी हुनेछन् ।

माओवादी केन्द्र यसअघि नै सहभागी भइसकेको हो भने अन्य दल अब सहभागी हुन गइरहेका छन् ।