बालिका बलात्कार गरेको आरोपमा कञ्चनपुरबाट १६ वर्षीय किशोर पक्राउ

बालिका बलात्कार गरेको आरोपमा कञ्चनपुरबाट १६ वर्षीय किशोर पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–४ जाँई बस्ने १६ वर्षीय किशोर रहेका छन् ।

ती बालिकालाई किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ शनिबार ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट बन्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।