एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दल नेतामा भुसाल

एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दल नेतामा भुसाल

नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो । एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादीको राष्ट्रियसभा ७ सांसद छन् ।