बैतडीमा मलामी गएका युवक खोलामा बेपत्ता

बैतडीमा मलामी गएका युवक खोलामा बेपत्ता

बैतडी । बैतडीमा मलामी गएका युवक खोलाले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिगास गाउँपालिका —५ का २२ वर्षीय प्रकाश धामी रहेका छन् ।

आइतबार बिहान कुडे खोलामा आफन्तको मलामी गएका उनलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए । उनको खोजी कार्य जारी रहेको उनले बताए ।