भारतीय फुटबल टिम आज नेपाल आउने

भारतीय फुटबल टिम आज नेपाल आउने

भारतीय फुटबल टिम आज (सोमबार) नेपाल आइपुग्ने भएको छ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय टोली नेपाल आउने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतीय टिम सोमबार दिउँसो नेपाल आइपुग्ने जनाएको छ ।
 
भारतीय टिम दिउँसो ३ः४५ बजे काठमाडौं ओर्लने छ । भारतले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

मैत्रीपूर्ण खेल भदौ १७ र २० मा हुनेछ । इन्डिया फुटबल फेडेरेसनले मैत्रीपूर्ण खेलका लागि शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

भारतको टोलीमा कप्तान सुनिल क्षेत्री सहितका खेलाडीहरु छन् । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । 

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ गतेसम्म हुनेछ ।