बैतडीमा स्कारपिओ दुर्घटना

बैतडीमा स्कारपिओ दुर्घटना

बैतडी । बैतडीको खोचलेकमा स्कारपिओ जीप दुर्घटना भएको छ । दार्चुलाको गोकुलेश्वरबाट महेन्द्रनगर जादैँ गरेको बा १२ च ४२४० नम्बरको जीप बिहान साढे सात बजे दुर्घटना भएको हो ।

स्कारपिओ जीप दुर्घटना हुँदा ३४ बर्षिय चालक हरिश बोहरा सामान्य घाइते भएका छन । उनको खोचलेकस्थित क्लिनिकमा उपचार भइरहेको  प्रहरी चौकी खोचलेकले जनाएको छ ।

जीपमा सवार अर्का यात्रु दानसिंह भाट भने सकुशल रहेका छन् ।