बझाङको जयपृथ्वीका विद्यालयहरु भोलीदेखि सञ्चालनमा आउने

बझाङको जयपृथ्वीका विद्यालयहरु भोलीदेखि सञ्चालनमा आउने

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले नगर भित्रका विद्यालयहरू भाद्र १५ गते ९भोली० देखि सञ्चालन गर्ने निर्णय गरेको छ । सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरूलाई पालना गरी जयपृथ्वी नगरपालिका भित्रका विद्यालयहरू १५ गते देखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

११ गते भएको नगरपालिका भित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, राजनीतिक दलका पदाधिकारी, वडा अध्यक्ष लगायत सरोकारवालको बृहत छलफलमा सबै विद्यालय शिक्षालय भौतिक उपस्थितिमै सञ्चालन गर्न सुझाव आएको हुँदा शिक्षा समितिले विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा समितिले एक सूचना जारी गरी जानकारी दिएको हो ।