१६ हजार २ सय ३३ नमुना परीक्षण गर्दा २ हजार २९५ जनामा कोरोना संक्रमण

१६ हजार २ सय ३३ नमुना परीक्षण गर्दा २ हजार २९५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार दुई सय ३३ जनाको नमुना परीक्षण गर्दा दुई हजार दुई सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १४ दशमलव १३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ४४ हजार चार सय ८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार आठ सय आठ जना सङ्क्रमित निको भएका छन् । योसहित सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १४ हजार पाँच सय २० पुगेको छ ।

यही अवधिमा थप १६ जनासहित कोरोना सङ्क्रमणबाट अहिलेसम्म १० हजार सात सय ३० जनाले ज्यान गुमाएका छन् ।

अहिले नेपालमा ३५ हजार आठ सय ७४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये पाँच सय ६८ जनाको आईसीयू र एक सय ६० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।