भारतमा थपिए ३० हजार २५१ संक्रमित, २०५ संक्रमितको मृत्यु

भारतमा थपिए ३० हजार २५१ संक्रमित, २०५ संक्रमितको मृत्यु

भारतमा थप ३० हजार २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २७ लाख ६७ हजार ८२० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७७ हजार १५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २०५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३८ हजार ५९२ पुगेको छ ।