डोटीमा चितुवाले फार्मभित्रै पसेर मार्‍यो एक सय चालीस कालीज

डोटीमा चितुवाले फार्मभित्रै पसेर मार्‍यो एक सय चालीस कालीज

डोटी । डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीस्थित कालीज बहुउद्देश्य फार्मभित्र पसेर चितुवाले कालीज मारेको छ । फार्ममा सोमबार पसेको चितुवाले १४० कालीज मारेको हो ।

एउटा कालीजको रु तीन हजार ५०० देखि रु पाँच हजारसम्म बिक्री हुने  फार्म सञ्चालक कर्ण बोहरा बताउँछन् ।